You are viewing the translated version of मृगौला प्रत्यारोपण सेवा उपलब्ध गराउन व्यक्तिगत इजाजत प्राप्त गर्न चिकित्सकको योग्यता तथा अनुभव.
अनुसूची–४
(नियम ३ को उपनियम (२) सँग सम्बन्धित)
मृगौला प्रत्यारोपण सेवा उपलब्ध गराउन व्यक्तिगत इजाजत प्राप्त गर्न चिकित्सकको योग्यता तथा अनुभव
ऐनको दफा ८ र नियम ४ को उपनियम (१) को प्रयोजनको लागि मृगौला प्रत्यारोपण सेवा सञ्चालन गर्न चाहने चिकित्सकले व्यक्तिगत इजाजतपत्र लिनको लागि देहाय बमोजिमको योग्यता हासिल गरेको हुनु पर्नेछः–
(क) सर्जन– मान्यता प्राप्त शिक्षण संस्थाबाट मृगौला प्रत्यारोपण सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको वा न्यूरोलोजी वा जनरल सर्जरीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित विषयमा निरन्तर दुई वर्षको कार्यानुभव प्राप्त गरी मान्यता प्राप्त शिक्षण संस्थाबाट मृगौला प्रत्यारोपण सम्बन्धी विषयमा कम्तीमा छ महिनाको तालीम प्राप्त गरेको ।
(ख) नेफ्रोलोजिष्ट – मान्यता प्राप्त शिक्षण संस्थाबाट नेफ्रोलोजीमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको वा इन्टरनल मेडिसिनमा स्नातकोत्तर उपाधि हासिल गरी नेफ्रोलोजीमा स्नातक (डिप्लोमा) को उपाधि हासिल गरेको वा इन्टरनल मेडिसिनमा स्नातकोत्तर उपाधि हासिल गरी नेफ्रोलोजीमा कम्तीमा निरन्तर दुई वर्षको कार्य अनुभव हासिल गरी मान्यता प्राप्त शिक्षण संस्थाबाट मृगौला प्रत्यारोपण सम्बन्धी विषयमा कम्तीमा छ महिनाको तालीम प्राप्त गरेको ।